२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीमा घुँडासम्बन्धी रोगको निःशुल्क उपचार


1.924k
Shares

लुम्बिनी । बुद्ध जन्मभुमी लुम्बिनीमा पहिलो पटक घुँडाका बिरामीलाई निःशुल्क परिक्षण र उपचार गरिएको छ ।

थाई नरेश महा वजिरालोंगकोर्नको जन्मदिनको अवसरमा सिद्धार्थ नगर सिटी अस्पताल, राजकीय थाई विहार, लुम्बिनी र सिर्रिराज अस्पताल, थाईल्यान्डको आयोजनामा घुँडाका बिरामीका लागि निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

शिविरमा एकै दिन ७ सय ७ जना घुँडाका बिरामीको परिक्षण र उपचार गरिएको छ । थाई विहारका प्रमुख भिक्षु सुपोट किट्टीवोन्नाले ३६ जना घुँडाका बिरामीलाई निःशुल्क घुँडा फेर्ने जानकारी दिनुभयो । अर्को मंगलबारबाट विरामीको नयाँ प्रविधिबाट घुँडा फेरेर उपचार गर्ने उहाँको भनाई छ ।

थाई जनताको सहयोगमा प्रत्येक वर्ष लुम्बिनीमा विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको छ ।