
एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान यो दुर्घटना भएको बीबीसीले जनाएको छ ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड माल्र्सले तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको जानकारी दिनुभएको छ । रक्षामन्त्री माल्र्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर टापु नजिकै स्थानीय समयअनुसार राति साढे १० बजे दुर्घटनाग्रस्त बनेको थियो ।
हाल अस्ट्रेलिया र अमेरिकाबीच सबैभन्दा ठूला द्विपक्षीय सैन्य अभ्यास टेलिस्मान साब्रे जारी रहेको छ । दुर्घटनापछि अभ्यासलाई समेत केही समय रोक्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्