
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार अपराह्न बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले साउन १७ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेण्डाका विषयमा छलफल गरेको थियो ।
सोही एजेण्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाइ छ । साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्