
एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ ।
परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन् भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।
प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ । विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।
शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहानै भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएको छ । झडपका क्रममा केही प्रहरी अधिकारी घाइते भएको ए.एफ.पीले जनाएको छ ।
ढाका शहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रतिक्रिया दिनुहोस्