२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित


1.235k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार अपराह्न बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

बैठक सोमबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । पदाधिकारी बैठकले साउन १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे जानकारी गराउनु भएको थियो । यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर सोमबारको बैठकले अन्तिम रुप दिने बताइएको छ ।