
काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा पहिरो गयो ।
गएको साता मौद्रिक नीति सार्वजनिक भएदेखि लगातार ओरालो लागेको बजार आइतबार २६ अंकले ओरालो लागेर नेप्से २१ सयमा आएर थामियो । कारोबारको सुरुवाती समयमा सकारात्मक रहेको नेप्से २१ सय ३२ सम्म पुगेर लगत्तै ओरालो यात्रामा लागेको हो ।
मात्र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी सबै समूह रातो रहँदा अढाई अर्बको शेयर किनबेच भयो । वित्त, होटल तथा पर्यटन र व्यापार समूह २ प्रतिशत बढीले ओरालो लागे । बाँकी पनि अधिकांश समूह डेढ प्रतिशत हाराहारीमा ओरालो लागे ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता शेयर २ अर्ब ५० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । आइतबार १ सय ८९ कम्पनीको मूल्य घट्दा जम्मा १८ कम्पनीको बढ्यो ।
प्रतिक्रिया दिनुहोस्