८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


खीर खाएर मनाइयो साउन १५


624
Shares

काठमाडौं । ५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ ।

काठमाडौं उपत्यकासहित देशभर खीर खाएर साउन १५ मनाइएको हो । हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ । यस वर्षपनि काठमाडौंसहित देशभर नै खिर खाएर साउन १५ को परम्परा निभाइएको छ ।

खीर दिवसको अवसरमा खीर आयोजक समितिले काठमाडौंको अनामनगरमा खिर खाएर आफन्त, इष्टमित्र, शुभचिन्तक, साथीहरु मिलेर मनाएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खानेकुराका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउन १५ को अवसरमा देशभर नै आज दिनभर खिर खाने, साथीभाईसँग भेटघाट गर्ने गरिन्छ ।