
काठमाडौं । केही दिनदेखि परेको अबिरल वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१ कचलका ७ घरपरिवार विस्थापित भएका छन् ।
बाढी पहिरोबाट कचलकै अरु ५० घर परिवार प्रभावित भएका छन् ।
पहिरोले भौतिक संरचना, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको तिनाउ गाउँपालिकले जनाएको छ । स्थलगत अध्ययन गरेर क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।
बाटोमा सवारीसाधन सञ्चालन गर्न नसक्ने भएपछि स्थानीय बासिन्दा पैदलयात्रा गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्