
काठमाडौं । अर्थसचिव अर्जुनप्रसाद पोखरेलले मल कारखाना स्थापनाका लागि हतारमा निर्णय गर्दा लगानी फस्ने सम्भावना रहेको बताउनुभएको छ ।
सोमबार अर्थ समितिको बैठकमा बोल्दै सचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा उपलब्ध साधन र स्रोतले जनताका सबै क्षेत्रका आवश्यकता एकै पटक समाधान गर्न सम्भव नरहेको बताउनुभयो ।
सचिव पोखरेलले रासयनिक मलका लागि मुलुकको आवश्यकतालाई हेरेर सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेकाले मल उत्पादनको सम्भावना रहेको पनि बताउनुभयो । उहाँले धेरै पटक मल उत्पादनको विधिको विषयमा छलफल गरेको र अहिलेसम्म प्राकृतिक ग्यास र वाटर इलेक्ट्रो लाइसिस्स विधिबाट मात्रै मल उत्पादन हुने गरेको बताउनुभयो ।
सचिव पोखरेलले नेपालमा कारखाना उपयुक्त हुने वा नहुने भन्ने राम्रोसँग अनुसन्धान नगरीकन हतारमा निर्णय गर्दा राज्यको लगानी जोखिममा पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँले अहिलको प्रमुख काम कति बेला मलको टेण्डर गर्ने,कति बेला मल ल्याउने र जनतालाई दिने भन्ने रहेको बताउनुभयो ।
सचिव पोखरेलले जैविक, अर्गानिक र प्रारम्भिक मलको वैकल्पिक उत्पादन गरी त्यसमा किसानलाई प्रोत्साहन गर्ने गरी सरकार जान सक्नुपर्ने बतउनुभयो ।
प्रतिक्रिया दिनुहोस्