१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भूमिका छैन : सचिव मरासिनी


91
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भूमिका नभएको बताउनुभएको छ ।

सोमबार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालय मातहतमा रहेको साल्ट टे«डिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति अनुसार साल्ट टे«डिङले मल आयात गर्ने गरेको बताउनुभयो ।

सचिव मरासिनीले कृषि मन्त्रालयको समितिले नै कुन प्रदेशलाई कति मल पठाउने निर्णय गर्ने बताउनुभयो । उहाँले भारतबाट जिटुजीमार्फत पेट्रोलियम पदार्थ जस्तो रासायनिक मल खरिद गर्न सम्भव नभएको बताउनुभयो ।

सचिव मरासिनीले भारतले पनि बाहिरबाट नै रासायनिक मल आयात गर्ने गरेको बताउनुभयो । उहाँले मल कारखाना स्थापना गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयको नभएको बताउनुभयो । उहाँले उद्योग मन्त्रालयले रासायनिक भन्दा पनि प्राङ्गरिक मलमा जोड दिने वा रैथाने बालीहरु कोदो, फापर, मकैमा जोड दिने नीति रहेको बताउनु भयो ।

सचिव मरासिनीले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएको बताउनुभयो । उहाँले भारतले चामल निकासीमा प्रतिवन्ध लगाउँदा नेपाली बजारमा मूल्य बढ्न सुरु भएको बताउनुभयो । उहाँले नेपालीहरुको खानपान बानी व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।