२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै


455
Shares

काठमाडौं । एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो पनि डाकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी एमालेको हातमा छ । सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

लगातार दुई वटा वैठक एमालेको अवरोधका कारण अघि बढ्न सकेनन् । सोमबार पनि एमालेले अवरोध गर्ने भएपछि सभामुख देवराज घिमिरेले सूचना टाँस्न लगाएर बैठक मंगलबार दिउँसोसम्मका लागि स्थगित गर्नुभएको थियो ।

मंगलबार बैठक बस्नु अघि नै कुनै सहमति भए बैठक सुचारु हुनेछ । अन्यथा मंगलबार पनि वैठक चल्ने संभावना क्षीण रहेको छ ।