२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


छथर गाउँपालिकाकाे आफ्नो क्षेत्र सुन्दर बनाउने घोषणा


819
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सडक आसपासमा वृक्षारोपण गर्ने भएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ सडक आसपासका क्षेत्रमा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो ।

यसैगरी पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र खर तथा फुसको छानामुक्त पालिका घोषणा गर्ने कार्यक्रम पनि गाउँपालिकाको छ । पालिकाभित्रका अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्षाको पानी संकलन गर्न र आगलागीबाट जोखिम कम गर्न पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्न लागिएको हो ।

यस्तै, प्रत्येक घरमा पक्की शौचालय, सुधारिएको चुलो र आगनमा फुलबारी कार्यक्रम पनि लागू गरिने भएको छ । घरघरमा शुद्ध खानेपानी प्रवर्द्धन लागी फिल्टर वितरण गर्ने, सबै वडादेखी पालिका केन्द्रसम्म नियमित सडक सुविधा पुर्‍याउने र सिंधुवा शुक्रबारे सडक फूल र विरूवाको सडक बनाउने लक्ष्य गाउँपालिकाको छ ।

साथै पालिकाले स्थानीय मदिराको ब्राण्डिङ गर्ने कार्यक्रम पनि ल्याइएको छ । यस्तै, कम्युटर नभएका सामुदायिक विद्यालयहरुमा कम्प्युटर दिएर इन्टरनेट जडान गर्ने, स्थानीय पाठ्यपुस्तक तयार गर्ने, कक्षा बालमैत्री बनाउने पनि गाउँपालिकाले जनाएको छ ।