१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार दाजुभाईले ईमेज च्यानलको लोगो पाकिस्तानको केटु हिमालको चुचुरोमा फहराए


9.49k
Shares

काठमाडौं । निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानल एचडीको लोगो पहिलो पटक पाकिस्तानको केटु हिमालको चुचुरोमा फर्फराइएको छ ।

प्रख्यात बिश्व कीर्तिमानी हिमाल आरोही संखुवासभाका आङदावा शेर्पासहितका एकै परिवारका चारदाजुभाईले ईमेज च्यानल एचडीको लोगो केटु हिमालको चुचुरोमा पुर्‍याएका हुन् । आङदावासहितका चार दाजुभाईले एकैसाथ केटु हिमालको चुचुरोमा ईमेज च्यानल एचडीको लोगो पुर्‍याएका हुन् । उनीहरुले यहि साउन ११ गते केटु हिमालको सफल आरोहण गर्दे लोगो फर्फराएका थिए ।

हिमाल आरोहणमा केटु हिमाल सबै हिमाल भन्दा अरोहणकालागि कठिन मानिन्छ । ८ हजार ६ सय ११ मिटर अग्लो केटु हिमाल चार दाजुभाईले एकै पटक आरोहण गरेर बिश्वर्कीतिमान समेत कायम गरेकाछन् । प्रख्यात आरोही आङ्दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथाको पाँचपटक सफल आरोहण गरी सकेका छन् भने नेपालका र बिश्वका अन्य धेरै चुुचुरो चुमि सकेका छन् । उनीसंगै मुक्ता शेर्पा, पेचुम्बे शेर्पा र निमा दोर्ची शेर्पाले पनि नेपाललाई विश्वसामु चिनाउन धेरै कीर्तिमान कायम गरी सकेका छन् ।

संखुवासभाको मकालु गाउँपालिकाका चारजान दाजुभाईले सेभेन समिट ट्रेकबाट केटु हिमालको अरोहण गरेका हुन् ।