८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


शेयर बजारमा सामान्य सुधार


156
Shares

काठमाडौं । मौद्रिक नीति सार्वजनिकसँगै निरन्तरजसो ओरालो लाग्दै आएको बजार बुधबार सकारात्मक रह्यो ।

उतारचढावबीच बजार परिसूचक नेप्से ९ अंकले उकालो लागेर २ हजार ८६ कायम भएर थामियो ।

दिनभर तिब्र उतार चढावकाबीच अन्तिम समयमा नेप्से उकालो लागेको हो ।

कारोबार भने बुधबार पनि २ अर्ब तलै खुम्चियो । जलविद्युत, लघुवित्त र व्यापार समूह नगन्य अंकले मात्र रातो रहेबाहेक बाँकी समूह सकारात्मक रहे ।

वित्त र होटत तथा पर्यटन समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत हाराहारीको वृृद्धि आयो ।