
काठमाडौं । नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिमा सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । माओवादीको बुधवार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो ।
यस अघि माओवादीमा ३८५ केन्द्रीय सदस्य रहेका छन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठन सुदृढीकरणका लागि विधान सम्मेलन गर्ने सांगठनिक प्रस्ताव पेस गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्