२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम सरकार आज पूर्ण हुने


52
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।

प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइन लागेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज साँझसम्ममा दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको रोहबरमा सत्ता गठबन्धन घटक दल नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको सहमति अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको हो । सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसले एक मन्त्री पाउने छन् ।

नागरिक उन्मुक्ति पार्टीले मन्त्री र राज्यमन्त्रीको नाम टुंग्याएको छ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले पुरानै नाम सदर गरेको बताइएको छ । मन्त्रीहरुको शपथ आजै साँझ सात बजे गर्ने बताइएको छ ।

तर स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा मन्त्री बन्नेको नाम टुंगिएपनि त्यसमा बिवाद रहेको एक नेताले जानकारी दिए ।