२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ


351
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

थापालाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका गरि ४७ जना सांसदको समर्थन थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएका कारण सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । थापा मुख्यमन्त्री दोस्रो पटक हुनुभएको हो ।