
नवलपरासी । गाईवस्तुमा देखिने लम्पी स्किन रोगको संक्रमण पछिल्लो समय नवलपरासीमा पनि ह्वात्तै बढ्दै गएको छ ।
सबैभन्दा बढी गाईमा यो रोगको संक्रमण फैलिन थालेको हो ।
यो रोगबाट जिल्लामा १८ चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख श्रवणकुमार चौधरीले जानकारी दिनुभयो ।
रोग फैलिएपछि विज्ञ केन्द्रले स्थानीय तहमा रहेका पशुसेवा शाखाबाट चिकित्ससहितको प्रावधिक खटाएर औषधि वितरण र खोप लगाउन सुरु गरेको चौधरीले बताउनुभयो ।
अहिलेसम्म ४ सय ६ वटा संक्रमित चौपायाको उपचार गरिएको छ । संक्रमित भएकामा सातवटा भैसी र बाँकी सबै गाई रहेका छन् ।
संक्रमणबाट जोगाउन २ हजार ८ सय ४५ गाई भैँसीलाई खोप दिइएको छ । नवलपरासीमा व्यवसायीक र घरायसी गरेर गाई भैँसीको संख्या एक लाख २० हजारको हाराहारीमा रहेको चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्