८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गोपनियता भंग हुने भएकाले बैठकको लाइभ गरिएन : माधव सापकोटा


520
Shares

काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।

अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताउनुभयो ।

उहाँले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताउनुभयो । उहाँले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पार्नुभयो ।

केन्द्रिय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताउनुभयो ।