२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभाको बैठक आज बस्दै


104
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दै छ ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची पनि छ । एमालेको अवरोधले पछिल्लो समय संघिय संसदका दुबै सदनको बैठक चल्न सकेको छैन ।

सय किलो सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।