
डिबी विष्ट
बझाङ, असार ५ । बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव देखिएको छ ।
जनप्रतिनिधि आएको एक वर्ष बिते पनि खानेपानीजस्ता आधारभूत आवश्यकता सम्बोधन नहुँदा बझाङबासीले जनप्रतिनिधिप्रति गुनासो गर्न थालेका छन् ।
विश्वमै जलस्रोतको सम्पन्न देश भनेर कहिलिएको नेपालका अधिकांश ठाउँमा शुद्ध खानेपानीको सहज उपलब्धता छैन । त्यसमा पनि बझाङका जनता यतिबेला खानेपानीको अभावमा बाँचिरहेका छन् ।
बझाङको ग्रामीण भेग मात्रै होइन सदमुकामका जनतासमेत अहिले धमिलो पानी पिउन बाध्य भएका छन् । एक वर्षसम्म पनि सामान्य समस्या सम्बोधन नहुँदा स्थानीय जनप्रतिनिधिले चुनावी माहोलमा दिएका आश्वासन र प्रतिबद्धता नारामै सीमित भएको गुनासो धेरैको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्