१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदीय सुनुवाई समितिबाट प्रस्तावित ६ राजदूतको नाम अनुमोदन


195
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदूतमा सुधिर भट्टराई, कुवेतका लागि आवासीय राजदूतमा घनश्याम लम्साल, संयुक्त अरव इमिरेट्सका लागि आवासीय राजदूतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो । सभापती कार्कीले प्रस्तावितहरुको सम्बन्धमा पाँच वटा उजुरी प्राप्त भएको र ती मध्ये तीन वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनुभयो ।

संसदीय सुनुवाई समितिको कार्र्यविधि २०८० को दफा १९ अनुसार प्रस्तावित व्यक्तिहरुले प्रस्तावित पदका लागि आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी वहन गर्ने सन्दर्भमा आ–आफ्नो अवधारणा प्रस्तुत गरेका थिए ।