
काठमाडौं । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।
सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।
प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो ।
स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी,सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्