
काठमाडौं । दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा सुरु गरिएको छ ।
नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दाबी गर्ने दराजले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सन्चालित च्याटबट, ‘आस्क दराज’को सुरुवात गरेको हो ।
दराजमा एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको कम्पनीले जनाएको छ ।
‘आस्क दराज’ च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउने कम्पनीको दाबी छ ।
‘आस्क दराज’ले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ । यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेलबीचको जानकारीहरुलाई प्रस्ट पार्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्