
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिर्फले ताजा जनादेशका लागि संसद भङ्ग गर्ने घोषणा गर्नुभएको छ ।
देश चरम आर्थिक संकटबाट गुज्रिरहेको बेला प्रधानमन्त्री सरिर्फले संसद भङ्ग गरेर निर्वाचनमा जाने निर्णय गरेको जानकारी पार्टीमा दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बिहीबार राती पार्टीका वरिष्ठ नेता तथा सांसदहरुसँगको छलफलपछि प्रधानमन्त्री सरिर्फले यही अगष्ट नौ मा राष्ट्रियसभा भङ्ग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय लिइएको जनाइएको छ ।
संसद विघटनको सिफारिसँगै निर्वाचन गराउन कार्यबाहक प्रधानमन्त्री पनि तोकिने छन् । कार्यबाहक प्रधानमन्त्री नतोकिए त्यहाँको निर्वाचन आयोगले हस्तक्षेप गरी निश्पक्ष चुनावका लागि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया बढाउन सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्