
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् ।
गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएको वडाले जनाएको छ ।
पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर बगाएको र १५ घर विस्थापित भएको जनाएको छ ।
घटनास्थल निकै दुर्गममा रहेकाले विस्तृत बिवरण आउन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्