
स्याङ्जा । स्याङजामा पिउने पानीमा हानिकारक जिवाणु भेटिएकोे छ ।
स्वास्थ्य परिक्षणको क्रममा दिशामा देखिने जिवाणु कोलिफर्म अध्याधिक मात्रामा भेटिएको हो ।
जिल्लामा रहेका ११ स्थानीय तहमा लिइएको ९४ वटा नमूना परिक्षणमा ४१ वटामा कोलिफर्मका किटाणु देखिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जिल्लाका सबै पानीका मुहानमा चेकजाँच गर्दा कोलिर्फम अध्याधिक मात्रामा पाइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्