
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
नेपालमा पिछडिएका युवतीहरुको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर’ प्रोजेक्टलाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरुलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरणमा केन्द्रित रहेको छ। यो ‘प्रोजेक्ट किशोरी’ विस्तारित परियोजना हो । युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगीसीप प्रदान गर्ने उद्देश्यले सञ्चालित प्रोजेक्ट किशोरीलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकले सहयोग गरेको थियो।
प्रोजेक्ट किशोरीले युवतीहरुलाई आवश्यक रुपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्दछ भने प्रोजेक्ट सिल्पले अघिल्लो समूहका केही सर्टलिस्ट गरिएका युवतीहरुलाई उद्योग सञ्चालनका कामका लागि आवश्यक सीप प्रदान गर्दैछ । यी दुवै प्रोजेक्टको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका २ सय बढी उच्च शिक्षा हासिल गरेका युवतीहरुलाई लाभान्वित बनाउने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्