१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता


351
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने आश्वासन दिनुभयो ।

सोह्र वर्षअघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ जना कार्यकर्ताको मृत्यु भएको थियो । त्यस घटनाका पीडितले विभिन्न माग राखेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री दाहालले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री दाहालको निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीले यही साउन १८ गते पीडित सङ्घर्ष समितिका रुपसागर उपाध्यायलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्नुभएको थियो ।