७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैन : अर्थमन्त्री


11.219k
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्रीले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइको श्रोत नभएको बताउनुभयो । मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको बताउनुभयो ।

उहाँले घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको बताउनुभयो । उहाँले भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताउनुभयो ।