१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोले त्रिभुवन राजपथ अवरुद्ध


1.729k
Shares

काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान साढे ९ बजे त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा नौबिसे, भैसे, पालुङ हुँदै हेटौडा जाने सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गएराती देखि परेको वर्षाका कारण उक्त सडक खण्डमा कारण पहिरो खस्दा यातायात सेवासमेत अवरुद्ध बनेको छ । पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।