
काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर, ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए ।
अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको व्यापारीले बताएका छन् । अघिल्लो वर्ष यही समयमा प्रति क्रेट दुई हजारसम्म रहेकोमा अहिले टनेल भन्दा बाहिरको गोलभेडा २ हजार पाँच सय र टनेलभित्रको २ हजार आठ सय प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको छ । भारतमा समेत २ हजार आठ सय प्रति क्रेट गोलभेडा निर्यात भईरहेको व्यवसायीहरुले बताएका छन् ।
गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताउनुभयो । तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताउनुभयो ।
कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्