२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्न जरुरी छ : न्यायाधीश सिन्हा


52
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभएको छ ।

सोमबार डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै न्यायाधीश सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो । उहाँले ज्ञान र सिपलाई पनि अभिवृद्धि गर्नु जरुरी रहेको बताउनुभयो ।

न्यायाधीश सिन्हाले ज्ञान र सिपमा प्रहरी र सरकारी वकिल भन्दापनि अदालत पछाडी रहेको बताउनुभयो । उहाँले दशौँ वर्षदेखि अदालतले कुल बजेटको एक प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताउनुभयो । दक्षता र क्षमताको विकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको बताउनुभयो ।

न्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको बताउनुभयो । उहाँले आपसी अन्तरक्रिया र छलफलहरुमार्फत अदालतले पनि नयाँ-नयाँ ज्ञान र सिपहरु पाउने भन्दै सरोकारवालाहरुका बिचमा आपसी अन्तरक्रिया गरिरहनुपर्ने बताउनुभयो ।