१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुन प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परेको छ : जनार्दन शर्मा


78
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानबिन समिति बनाउन सकिने बताउनुभएको छ ।

सोमबार संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताउनुभएको छ । उहाँले सरकारको छानबिन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताउनुभयो ।

उपमहासचिव शर्माले अहिलेको अवस्थामा सरकारले गरेको छानबिनलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बरु सरकारलाई निश्चित समयभित्र छानबिन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताउनुभयो ।

उपमहासचिव शर्माले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताउनुभयो । उहाँले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताउनुभयो ।