
काठमाडौं । कर्णाली र बबई नदीमा जल सतहले खतराको तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बर्दियामा बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको भन्दै सतर्क रहन अनुरोध गरेको छ ।
बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भईरहेकाले ती क्षेत्रमा बाढीको खतरा रहेको महाशाखाले जनाएको हो । दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तै, राप्ती नदीको जलसतह पनि दाङ र बाँकेमा निकै बढेपछि महाशाखाले एसएमएस पठाएर सतर्क रहन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्