१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधि सभा (लाइभ)


3.952k
Shares

काठमाडौं । आज मंगलबार ३ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

झण्डै सय किलो सुन पक्राउ परेको बिषयमा छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले साउन १० यता संसद बैठक चल्न दिएको छैन । यही साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यसमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको अडान छ । तर सरकारले भने छानबिन समिति बनाउन असहमति जनाउँदै आएको छ ।

संसद अवरोध खुलाउने बिषयमा प्रमुख दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताबीच पटक –पटक छलफल भएपनि सहमति हुन सकेको छैन । यद्यपि एमालेले आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोल्न दिने र त्यसमा चित्त नबुझे फेरि अवरोभ गर्ने जनाएको छ ।