
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले संसद बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभएको छ ।
जनसरोकारका विषयमा छलफल गर्ने थलो संसदलाई अवरोध गरेर कुनैपनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद अवरोध गर्न नहुने उहाँको तर्क थियो । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले सुन काण्ड छानबिनको माग गरेर संसद अवरुद्ध पार्ने काम गर्नुको कुनै तुक नरहेको समेत पटकपटक दोहार्योउनु भयो ।
उहाँले सुन काण्ड, ललिता निवास प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण वर्तमान सरकारले उजागर गरेपछि राजनीतिक पूर्वाग्रह साँधेर एमालेले संसद बैठक अवरुद्ध पारिरहेको आरोप समेत लगाउनु भयो ।
सांसद शर्माले राज्यप्रति बिरोध गर्ने पुराना आदत र परम्परालाई निरन्तरता दिने कुराले देश र जनता कसैको पनि भलाई नहुने पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्