
काठमाडौं । झापामा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
कन्काई नगरपालिका–१ को दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको हो ।
विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीबार घर नजिकैको बेघेखोलामा डुबेका उनीहरुलाई स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए ।
एक जनाको अस्पताल लैजाँदै गर्दा र एक जनाको बिर्तामोडस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्