२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिम्रिक एयरको उडानमा नागरिक उड्डयन प्राधिकरणले लगायो रोक


416
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरलाई शुक्रबारदेखि उडान भर्न रोक लगाएको छ ।

चार वटा हेलिकप्टर मार्फत उडान भर्दै आएको स्रिमक एअरले प्राधिकरणलाई तिर्नुपर्ने रकम नतिरेका कारण उडानमा रोक लगाइएको हो ।

सिम्रिकले विमानस्थल सेवा शुल्क बापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

पटक पटक बक्यौता रकम तिर्न ताकेता गर्दा अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारीले बताएका छन् ।