१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सरकारले युवा नीति परिमार्जन गर्दैछ : मन्त्री लिम्बू


117
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट सुरू भएको युवा पदयात्रामा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताउनुभयो । उहाँले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भुमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गर्नुभयो ।

मन्त्री लिम्बूले आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न आग्रह गर्नुभयो । उहाँले देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको स्वीकार गर्नुभयो ।

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताउनुभयो । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।