७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

पक्राउ पर्नेको संख्या आठ

17.251k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ।

विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ।

‘अहिले शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको विषयमा मैले केही बोल्न मिल्दैन,’सिआइबीका प्रमुख एवं एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार यतिबेला नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सक भएकाहरूमाथि अनुसन्धान चलिरहेको छ।

‘चिकित्सकहरूले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा पढेको पाइएको छ, त्यसमा अनुसन्धान हुँदैछ,’ सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने। उनले अनुसन्धानमा रहेका सबै विषय अहिले खुलाउन नमिल्ने बताउँदै चिकित्सकबाहेक अन्य पेसाकर्मीहरूको पनि शैक्षिक योग्यतामाथि परेका उजुरीमा अनुसन्धान भइरहेको संकेत गरे।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।