१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात


780
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ ।

शुक्रबार राति भएको सिजनको पहिलो खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो । गत सिजन सिटीलाई लिग, एफए कप र च्याम्पियन्स लिगसहित ट्रेबल जिताउने क्रममा ५२ गोल गरेका नर्वेजियन खेलाडी अर्लिङ हालान्डले खेल सुरु भएको १ सय ८५ सेकेण्डमै नयाँ सिजनको पहिलो गोल गरे ।

३६ औँ मिनेटमा उनले जुलियन अल्भारेजको पासमा टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन १५ मिनेट बाँकी छँदा रोड्रीले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । खेलको अन्त्यमा बर्नलीका आनास जारोरीले रातो कार्ड पाएपछि बर्नली १० खेलाडीमा सीमित भएको थियो ।

यसअघि खेलमा सिटीका केभिन डी ब्रयुना खेलको २३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।