८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हरेक महिना प्रगति विवरण बुझाउन मन्त्रीलाई प्रधानमन्त्री दाहालको निर्देशन


312
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरेक मन्त्रीहरुलाई नमुना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताउनुभएको छ ।

चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको जानकारी दिनुभयो ।

अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले बुढीगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भइरहेको बताउनुभयो । विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको उहाँको भनाइ छ ।