
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताउनुभयो ।
सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आवद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरुलाई उत्साहतका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गर्नुभयो
प्रतिक्रिया दिनुहोस्