
काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन भएको जानकारी भए सूचना दिन आग्रह गरेको छ ।
नियन्त्रणमा लिएका ट्याक्टर इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्