२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


राष्ट्रिय स्क्वासमा अरहन्त च्याम्पियन


91
Shares

काठमाडौं । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा एकलतर्फ च्याम्पियन भएका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघको एकेडेमीमा सम्पन्न फाइनलमा अरहन्तले दीपक थापालाई सोझो सेटमा हराउँदै च्याम्पियन भएका हुन् ।

अरहन्तले दीपकलाई ११–६, ११–४ र ११–८ ले सहजै पराजित गरे । महिला एकलमा कृष्णा थापाले उपाधि रक्षा गरिन । कृष्णाले फाइनलमा विपना ब्लोनमाथि सोझो सेटमा सफलता हात पारेकी हुन् ।

खुला एकलमा विजेताद्वय अरहन्त र कृष्णाले समान २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिला र पुरुषमा दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले समान पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।