६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाकिस्तानमा अनवर-उल-हक काकर कार्यबहाक प्रधानमन्त्री


455
Shares

एजेन्सी । पाकिस्तानमा सिनेटर अनवर-उल-हक काकरलाई कार्यबहाक प्रधानमन्त्री बनाईएको छ ।

निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र बिपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो ।

उहाँले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने हुुनु भएको छ । काकर बलुचिस्तान प्रान्तका हुनुहुन्छ । पकिस्तानको माथिल्लो सदन सिनेटमा उहाँलाई स्वतन्त्र सांसद मानिन्छ । तर, उहाँ पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहनुभएको स्थानिय समाचार संस्थाहरुले जनाएका छन् ।

अगस्ट ९ मा पाकिस्तानको संसद विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । पाकिस्तानमा सन् २०२२ मा अविस्वासको प्रस्ताव ल्याई प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गरिएपछी राजनैतिक अस्थिरता बढेको छ ।

कार्यबाहक प्रधानमन्त्री काकरले अब ९० दिनभित्र मुलुकमा नयाँ निर्वाचन गराउनुपर्नेछ ।