१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


104
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ ।

गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइने छ ।

संसदको गतिरोध, प्रस्तावित विधेयकहरुलगायतका विषयमा सांसदहरुले धारणा राख्ने छन् । गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आइतबारको बैठकमा पनि उठाइने भएको छ । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलेपछि बैठक समापन गरिने बुझिएको छ ।