
काठमाडौं । कालीगण्डकी नदीको सभ्यता संरक्षणका लागि नदीको उत्खनन् रोक्न सरोकारवालाले माग गरेका छन् ।
पर्वतको कुश्मामा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रका सहभागीहरुले विश्वमै कालीगण्डकी नदीको विशेष महत्व रहेको तथा मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध जोडिएकाले यो सभ्यता जोगाउनुपर्ने बताएका हुन् ।
नदीको पर्यावरणीय संरक्षण र प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएको छ ।
कालीगण्डकीमा पछिल्लो समय अवैध रूपमा भइरहेको उत्खननले नदी र शालिग्राम संकटमा पर्दै गएको भन्दै सहभागीहरुले तत्काल रोक्न माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्