
मकवानपुर । अविरल वर्षाका कारण गएको पहिरोले मकवानपुरका सडक यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको हेटौंडाबाट कुलेखानी भएर सिस्नेरी हुँदै काठमाडौं जाने सडकको इन्द्रसरोबर गाउँपालिका– २ को छेपारेमा अविरल वर्षाले पहिरो जाँदा सडक यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, हेटौंडाबाट त्रिभुवन राजपथ भएर काठमाडौं जाने सडकको लामीडाँडामा वर्षाले पहिरो गएकाले यो सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो गएको स्थानमा लगातार पानी परिरहेकाले पहिरो पन्छाउन अवरोध भएको जनाइएको छ । उता हेटौंडा कुलेखानी हुँदै फाखेल भएर काठमाडौं जाने सडक भने सुचारु रहेको छ ।
प्रतिक्रिया दिनुहोस्